पिके डाँडा : जहाँबाट देखिन्छ, आँखै अल्मलिने दृष्य (फोटो फिचर)

  हिमाल समाचार
2.6k Shares

सोलुखुम्बु – पिके डाँडा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको सिमानामा पर्दछ । समुन्द्री सतहबाट ४०७० मिटर उचाईमा रहेको पिके डाँडाबाट आँखै अगाडि सगरमाथा नियाल्न सकिन्छ । पदयात्राका सौखिनहरुको लागि नयाँ गन्तव्यको रुपमा सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ । पिके डाँडामा अत्याधिक हावा चल्ने भएकाले न्यानो कपडा लगाएर जानुपर्छ ।

पतालेदेखि पिके डाँडा हुँदै जुनवेसीबाट धार्मिक महत्व बोकेको दुधकुण्डसम्म पदमार्ग छ । उक्त डाँडा शेर्पा जातिको संस्कृतिसँग समेत जोडिएको छ । कुल देवतालाई सम्झेर यहाँ शेर्पाहरु पूजाआजा गर्छन् भने हरेक साउन २ गते मेला नै लाग्ने गर्छ । शेर्पा समुदाय धुप (सुनपाती) टिप्नका लागि पनि त्यहाँ पुग्छन् ।

८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरी जस्ता हिमालहरु आँखै अगाडि देख्न पाउँदा जो कसैको पनि मन खुशीले गदगद हुन्छ । साथै पूर्वको कन्चनजंघा हिमालदेखि पश्चिमको धौलागीरीसम्म दृश्यावलोकन गर्न सकिन्छ ।

सोलुखुम्बुको सल्लेरीबाट तामाखानीसम्म मोटरमा र त्यसपछि पैदल यात्रा परेपछि पिके डाँडा पुग्न सकिन्छ भने लिखुपिके र सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी क्षेत्रबाट पनि उक्त डाँडाँमा पुग्न सकिन्छ ।

फोटो – प्रहरी निरीक्षक महेन्द्र दर्नालको फेसबुक वालबाट साभार (दर्नाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार