हलेसी तुवाचुङका कृषकलाई करोडौँको बीउ र कृषि सामाग्री

  हिमाल समाचार
210 Shares

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषकलाई बीउबिजन तथ कृषि सामग्री वितरण गर्न थालेको छ ।

सुख्खा क्षेत्रका कृषकहरुको जीविकोपार्जनका लागि बीउबिजन तथा कृषि सामग्री वितरण थालेको हो । नगरपालिकाको विशेष अनुरोधमा एसडिसिको दुई करोड ४४ लाख वरावरको आर्थिक सहयोग तथा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजिकरणमा मंगलबारदेखी अर्खौलेबाट बीउबिजन तथा सामग्री वितरण थालिएको छ ।

वितरणको पहिलो दिन अर्खौलेका कृषकहरुलाई हिलटेक, प्लाष्टिक टनेल, सिड स्प्रे, हजारी र बीउबिजन वितरण गरिएको छ । अर्खौलेमा ३२५ जना कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण गरिनेछ । कृषकहरुलाई प्रदेश १ का भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर राना, नगर प्रमुख इवन राई, उपप्रमुख विमला राईले वितरण गरेका थिए ।

क्रमशः अन्य वडाहरुका कृषकलाई बीउबिजन तथा कृषि सामग्री हस्तान्तरण गरिदै लैजाने नगरप्रमुख इवन राईले बताए । राईका अनुसार ४ हजार ५३ घरपरिवारलाई बीउबिजन र कृषि सामगी वितरण गरिनेछ ।

बाहुनीडाँडामा ३९४, डिकुवामा ३८०, च्यास्मिटारमा ३९७, वडहरेमा २८८, दुर्छिममा ४५४, मंगलटारमा ३४०, महादेवस्थानमा ३३३, धितुङमा ३४५, सल्लेमा २१६ र राजापानीमा ५८१ जना कृषकलाई प्लाष्टिक टनेल, हजारी, हिलटेक, सिड स्प्रे तथा बीउबिजन सामग्री वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार