पासाङको ‘चिहाएर हेर्ने आँखा राम्रो’ म्युजिक भिडियो सार्वजनिक

  हिमाल समाचार
1.7k Shares

काठमाडौँ – नवगायक पासाङ दोर्जी शेर्पाको पहिलो गीत ‘चिहाएर हेर्ने आँखा राम्रो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
माई क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो आइतबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।

थिर थापा मगरको शब्द तथा पदम राना मगरको संगीत संयोजन रहेको गीतमा पासाङ दोर्जी शेर्पाको स्वर सुन्न सकिन्छ । भिडियोको निर्देशन तथा सम्पादन मिङमा शेर्पाले गरेका हुन् ।

म्युजिक भिडियोमा फुर्किमा शेर्पा र गायक पासाङ दोर्जी शेर्पाको अभिनय रहेको छ । साथै भिडियोमा एडी शेर्पा, फुर्वा डोमा शेर्पा, आङ छेलिङ शेर्पा, ल्हाक्पा डोमा र छिरिङ शेर्पा लगायतलाई देख्न सकिन्छ । गीत हिट हुनेमा विश्वस्त रहेको गायक पासाङ दोर्जी शेर्पाले सुनाए । म्युजिक भिडियोको छायाङ्कन सोलुखुम्बुको तिङला र पत्तालेको विभिन्न स्थानमा गरिएको छ ।

म्युजिक भिडियो माई क्रियसन मिडिया मार्फत आइतबारदेखि बजारमा आएको गायक शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार