‘मायाले बोलाको’ झल्को (भिडियो)

  हिमाल समाचार
322 Shares

काठमाण्डौँ – विदेशी भूमिमा बसेर पनि गीत संगीतलाई निरन्तरता दिने सयौँ कलाकर्मी छन् । उनीहरु विदेशबाटै नेपाली गीत संगीतको मोहलाई अघि बढाइरहेका हुन्छन् ।

त्यसमध्येका एक हुन्, काठमाण्डौँ दक्षिणकालीका मणिराज बस्नेत । बस्नेत अमेरिकाको कोलोराडोमा बस्छन् । उनकै गीत लेखनमा ‘मायाले बोलाको’बोलको गीत बजारमा सार्वजनिक गरिएको छ ।

सोलुखुम्बुका गौतम सागर राई पनि कोलोराडोमै बस्छन् । राईले गीतमा संगीत गरेका छन् । खोटाङकी गायिका बबिना किराँतीले स्वर भरेकी छिन् । गीतमा हितैको मायाले भेट्न बोलाको झल्कोले सताएको प्रसंगलाई उठान गरिएको छ ।

अन्जली अधिकारी र लोमस शर्मालाई लिड रोलमा प्रस्तुत गराइएको गीतको भिडियो निर्देशन याम गुरुङले गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार