‘शुभसाइत’मा छुट्टिनै गाह्रो (भिडियो)

  हिमाल समाचार
350 Shares

काठमाण्डौँ – सर्जक सागर विरहीले विपन्न परिवारको बाध्यतालाई लोक कथामा उतारेका छन् । धन कमाउन विदेशीन लागेका श्रीमान श्रीमतीको विलौनालाई लोक कृतिमार्फत सार्वजनिक गरिएको छ ।

हरेक सृजनामा मौलिकपनलाई आत्मसाथ गर्ने सर्जकको रुपमा परिचित सागरले ‘शुभसाइत’ नामको मार्मिक गीत सार्वजनिक गरेका हुन् । धन कमाउन विदेश जानका लागि घरगाउँ छोड्न लागेको समयमा श्रीमान श्रीमती बिचको विलौनालाई लोक मालामा उनेका छन् ।

सृजना र संगीत संयोजन आफैँले गरेका सागर आँफैले देवा मगरको साथमा अभिनयमा उत्रिएका छन् । वियोगान्त मोडमा तयार भएको भिडियोको निर्देशन सागरले नै गरेका छन् । संगम इन्टरटेनमेन्टमा पोष्ट प्रोडक्सन गरिएको भिडियो सम्पादन रोशन गाहा मगरले गरेका छन् ।

गीतको भाव र सन्देश अनुसार गाउँ पुगेर खिचिएको भिडियोमा दुर्गा पौडेलले क्यामरा चलाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार