सोलुदुधकुण्डमा प्रचण्ड–माधव समूहको अगुवा कार्यकर्ता प्रशिक्षण भेला

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – प्रतिनिधि सभाका निर्वतमान सदस्य हेम कुमार राई ‘सुरवीर’ले प्रतिगमनको विरुद्धमा एक पटक जनता जाग्नुपर्ने बताएका छन् ।

आज सल्लेरीमा आयोजित प्रचण्ड–माधव समूह अन्तरगतको संघर्ष समितिको आयोजनामा सोलुदुधकुण्ड नगरपालिकास्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै निर्वतमान सांसद राईले वर्तमान सरकारले जनचाहना भावना र संविधान विपरित संसद विघटनको निर्णय गरेको बताए । उनले केपी ओलीको अलोकतान्त्रीक कदमको खुलेर विरोध गर्ने बताए । ओली सरकारले जनताको अभिमतलाई लत्याउने काम भएको आरोप लगाए ।

नगरपालिका स्तरिय सघर्ष समितिका संयोजक दोर्जीजांबु लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा जिल्लास्तरिय संघर्ष समितिका संयोजक तथा प्रदेश कमिटी सदस्य आङङिमा लामा, प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली (ध्रुव), विष्णु बास्तोला, नेकपा सोलुका कार्यालय सदस्य निमातेण्डुप शेर्पा र हिमाल गिरी लगायत सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य तथा नगरपालिका भित्रका अगुवा कार्यकर्ताको उपस्थिती रहेको राष्ट्रिय यूवा संघका जिल्ला सदस्य रस्विन मगरले जानकारी दिए । भेलाले दोर्जी जाङबु लामाको अध्यक्षतामा १०१ सदस्य संघर्ष समिति गठन समेत गरेको छ ।

समितिको सह–संयोजकमा निमातेण्डुप शेर्पा, सचिवमा दावा तेन्जि लामा र प्रबक्तामा सन्तोष थापा मगरलाई चयन गरिएको छ । प्रशिक्षण कार्यक्रममा एक सय बढि नेकपा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार