प्रदेश १ मा १९ जना कोरोना संक्रमित थपिए

  हिमाल समाचार
77 Shares


सोलुखुम्बु –
प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएको छ ।

मोरंग र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म संक्रमितको संख्या २९ हजार ९६६ पुगेको छ । संक्रिय संक्रमित २९७ जना छन् । प्रदेश १ मा आज ५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७, नोवेल मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ६०२ पुगेको छ । प्रदेश १ मा आज २३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार