भाकल पुरा भएपछि हलेसी महादेवलाई सुनको सिक्री

  हिमाल समाचार
777 Shares

उदयपुर-त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले खोटाङको हलेसीमा एक तोला चार लालको सुनको सिक्री चढाएकी छन् । आफ्नो भाकल पुरा भएको भन्दै प्रभाले सोमबार हलेसी मन्दिरमा सुनको सिक्री चढाएकी हुन् ।
‘लोकसेवा पास गरे हलेसीमा सुन चढाउने’ भाकल गरेकी राईले दर्शन गर्दै सुन चढाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।प्रभा उदयपुरकै त्रियुगा नगरपालिका–१४ साउनेस्थित स्वास्थ्यचौकीमा अनमीका रुपमा कार्यरत छिन् ।
प्रभाले बालाचतुर्दशी, रामनवमी, हरिबोधनी, एकादशी जस्ता कुनै अवशर पारेर महादेवलाई पहिराइदिन भन्दै हलेसी महादेव मन्दिर व्यवस्थापन समितिलाई सुन हस्तान्तरण गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार