नेपालको राष्ट्रियता प्रति जी न्युजको प्रहार

  हिमाल समाचार
63 Shares

काठमाडौँ-भारतीय जी न्युजले सगरमाथा बारे आपत्तिजनक सामाग्री प्रशारण गर्दै नेपालको राष्ट्रियता प्रति नराम्ररी प्रहार गरेको छ ।

जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाा क्षेत्रको कालापत्थरमा पुगेर सगरमाथाको उचाई सन् १८५२ मा राधानाथ सिकदरले पहिलोपटक मापन गरेकाले शिखरको नाम राधानाथ सिकदर हुनुपर्ने भन्दै यसका लागि अभियान नै चलाउनुपर्ने बताए । उक्त सामग्री मंगलबार साँझ र बुधबार बिहान जी न्युजमा प्रसारित भएको थियो ।

चौधरी सगरमाथामाथि भारतले दाबा गर्नुपर्छ भन्ने प्रचार गर्ने उद्देश्य राखी गलत नियतका साथ नेपाल आएका हुन् । जी न्युजले पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दै आएको छ ।

नेपालका प्रधानमन्त्रीको अन्तर्वार्ता लिने भनेर शनिबार नेपाल आमन्त्रण गरिएका भारतीय पत्रकारले सर्वोच्च शिखरमाथि नै दाबी प्रस्तुत गरेर नेपाली राष्ट्रियतालाई फेरि उद्वेलित गराएका छन् ।

विवादास्पद पृष्ठभूमीको जी न्युज च्यानलका चौधरीले गरेको कार्यप्रति नेपालीहरु आक्रोश पोखेका छन् । उनका विरद्ध विभिन्न पोष्टहरु गर्न थालिएको छ । उनले प्रशारणा गरेको सामाग्रीले झुटो प्रचार गरेको भन्दै गोदी मिडिया भनेर भारतीयहरुले समेत कमेन्ट गरेका छन् ।

चौधरीले प्रशारण गरेको रिर्पोटमा के भनेका छन् एकपटक पढनुहोस् ।

‘मेरोअगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौँ । यो माउन्ट एभरेस्टको सबैभन्दा नजिकको बिन्दु हो । यसवेला हामी १७ हजार पाँच फिट उचाइमा छौँ । यस भागलाई कालापत्थर भन्छन् । यहाँ पछाडि हाम्रो हेलिकोप्टर छ । हामी हेलिकोप्टर लिएर यहाँ आयौँ । यो ठूलो कुरा हो । हामी यति उचाइमा छौँ कि मलाई सास फेर्न पनि कठिन भएको छ । हामी यहाँ बिल्कुलै एक्लै छौँ । हाम्रो आसपास अरू कोही छैन । म छु, मेरो क्यामरापर्सन छन् । हाम्रो पाइलट पनि छन् । तर, उनी हेलिकोप्टरमै छन् ।
‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु ।
म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।
यो माउन्ट एभरेस्ट आरोहण गर्ने दुई मार्ग छन्, एउटा नेपालको तर्फबाट, अर्को चीनतर्फबाट । खासमा तिब्बतबाट हो, तर तिब्बतलाई चीनले आफ्नो भनी दाबी गर्छ । त्यसैले यो शिखरभन्दा उतापट्टि चीनबाट पनि माउन्ट एभरेस्ट आरोहण गर्न सकिन्छ । यो बाटो पनि छँदै छ ।
आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ रु वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।
राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।
हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।
म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’
‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ ।
तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://fb.watch/2_rmGwwiCw/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार