लाइसेन्सको फारम भर्न सर्भर डाउन, साता भित्रै समाधान हुने महानिर्देशकको जानकारी

  हिमाल समाचार
224 Shares

काठमाण्डौ-सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम भर्नका लागि समस्या भएको छ । यातायात व्यवस्था विभागको सर्भर डाउन भएपछि फारम भर्न नसकिएको नागरीकले गुनासो गरेका छन् । विभागका महानिर्देशक गोगन बहादुर हमालले समस्या समाधानका लागि प्राविधिकहरुले काम गरीरहेको जानकारी गराएका छन् ।

आइतबारदेखि अनलिमिटेड बनाउने भनिएपनि विभागको वेवसाइट डाउन भएको कारण गर्न नसकिएको हमालले बताए । पहिले आन्तरिक रुपमा परिक्षण गरेर उनले यो हप्ता भित्र सेवाग्राहीको लागि खुल्ला गर्ने बताएका छन् । यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो।
आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।

विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्ने तयारी पनि थालेको छ। विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको हो।
ट्रायलका कडा नियम अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ। त्यस्तै लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार