कहिले हुन्छ मौसम सफा ?

  हिमाल समाचार
42 Shares

काठमाडौँ – मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ। देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ।

उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए।

उनका अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन। वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार