८ हजार बढी विधार्थीहरुको रक्त समुह पहिचान कार्यक्रम सुरु

  हिमाल समाचार
49 Shares

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विधार्थीहरुको रक्त समुह पहिचान गर्न सुरु गरेको छ । नगरपालिका मातहतका सामुदायिक र संस्थागत विद्धालयमा अध्ययनरत विधार्थीहरुको रक्त समुह पहिचान गर्न सुरुवात गरेको हो ।

मंगलबार नगरपालिकाको स्वास्थ्य शाखा र रक्त संञ्चार केन्द्रको सहकार्यमा पञ्च माविबाट रक्त समुह पहिचान अभियानको शुभारम्भ गरिएको छ । अभियानको नगरप्रमुख दिपनारायण रिजालले ब्यानर पढेर शुभारम्भ भएको घोषणा गरेका छन् । शुभारम्भमा पञ्च माविमा कक्षा ८ मा अध्ययनरत छात्र प्रविन आचार्य र छात्रा गंगा आचार्यको रक्त समुह पहिचान गरिएको थियो ।

प्रविनको ‘ओ’ पोजेटिभ तथा गंगाको ‘बि’ पोजेटिभ रक्त समुह भएको कार्डसमेत नगरप्रमुख रिजालले उनीहरुलाई वितरण गर्नुभएको छ । नगरपालिकाभित्रका ९३ वटा सामुदायिक १० वटा संस्थागत विद्धालयमा अध्ययनरत ८ हजार ८४६ जना विधार्थीहरुको रक्त समुह पहिचान गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार सम्पूर्ण विधार्थीहरुको रक्त समुह पहिचान गरेर आगामी शैक्षिक सत्रदेखी विधार्थीको परिचय पत्रमा रक्त समुह उल्लेख गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार