मुन स्टार युथ क्लब लोखिमको भवन उद्घाटन

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु-थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम स्थित मुन स्टार युथ क्लबको भवन उद्घाटन गरिएको छ ।

क्लबका अध्यक्ष अम्बिर राई (अमर ) को अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष भुपाल सिंह राईले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

वडा कार्यालयको १ लाख र कांग्रेस नेता प्रकाश सिं कार्की, समाजसेवी कृष्ण बहादुर राई, बाल कुमार बिक, भक्त बहादुर बिक लगायतका स्थानीय समाजसेवीहरुको आर्थिक सहयोग साथै संस्थामा आवद्ध ३१ घरको श्रमदानमा निर्माण गरिएको हो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधि, संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार