राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

  हिमाल समाचार  166 पटक हेरिएको

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी ‘मोटर न्युरोन डिजिज’बाट ग्रसित थिए ।

अमृत साइन्स क्याम्पसका पूर्व स्ववियू सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार