च्याल्सामा सञ्चालित गलैँचा कारखाना तीन दशकदेखि बन्द

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ च्याल्सामा सञ्चालित गलैँचा कारखाना बर्षौदेखि बन्द भएको छ । तिब्बती शरणार्थीहरुले सञ्चालन गरेको कारखाना करिब ३ दशक देखि बन्द भएको हो । कारखाना बन्द भएसँगै शरणार्थी तथा स्थानीयवासीको रोजगार खोसिएको छ ।

सन् १९६३ तिर सोलुखुम्बुको च्याल्सामा स्थापना भएको च्याल्सा गलैँचा कारखानाको भौतिक संरचना नै अहिले जिर्ण बनेको छ । तिब्बती शरणार्थीहरुले सञ्चालन गरेको उक्त कारखाना एक समय अत्यन्त राम्रोसँग चलेका भएपनि पछिल्लो तीन दशक यता पुर्ण रुपमा बन्द रहेको तिब्बती शरणार्थी छिरिङ देन्देनले बताए ।

कारखाना सञ्चालन भएको समयमा करिब १५० जना भन्दा बढी तिब्बती र त्यतिकै संख्याका स्थानीयवासीहरुले समेत रोजगार प्राप्त गरेका थिए तर अहिले कारखाना नै बन्द हुँदा उनीहरुको रोजगारी नै गुमेको छ । च्याल्सामा उत्पादन भएको गलैँचाको डेनमार्क, जर्मनी, थाईल्यान्ड लगायतका मुलुकहरुमा माग उच्च रहेको स्थानीयले बताएका छन् ।

उनीहरुले खासाबाट बच्चा पर्दाथ ल्याएर गलैँचा तयार गरेको बताइन्छ । तर पछिल्लो समय कच्चा ढुवानीमा असहजता तथा ढुवानी भाडा महगो पर्न जादा घाटा भएकाले कारखाना बन्द भएको शरणार्थीहरुको भनाई छ ।

कारखाना बन्द भएसँगै च्याल्सा स्थित शरणार्थी क्याम्पमा बसेका तिब्बती शरणार्थीहरु समेत अन्यत्र पलायत भएको उक्त कारखानामा झण्डै १५ बर्ष सम्म गलैँचा बुन्ने काम गरेका शरणार्थी कुसाङ टिबेटियनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार