गार्मामा एकै स्थानमा १४ वटा योजना सम्झौता र बैङ्क खाता सञ्चालन

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले एकै स्थानमा नगर तथा वडास्तरीय सबै योजना सम्झौता, बैकं खाता सञ्चालन तथा अनुशिक्षण गरेको छ । वडा कार्यालयले आज (विहिबार) गार्मामा एक कार्यक्रमको आयोजना गरि १ करोड ८ लाख ५० हजार रुपैयाँको १४ वटा योजनाको एकै साथ सम्झौता, बैकं खाता सञ्चालन तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुशिक्षण समेत गरेको हो ।

वडा कार्यालयले नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, योजना प्रमुख, प्राविधिक, उपभोक्ता समितिको पदाधिकारी लगायतको उपस्थितीमा नगरपालिकामै पहिलो पटक डिजिटल प्रविधि मार्फत योजना सम्झौता गरेको हो ।

साथै सोही स्थानमा माछापुच्छ्रे बैकंका कर्मचारीको उपस्थितीमा योजना खाता समेत सञ्चालन गरिएको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए । आज सम्झौता गरिएको योजनाहरुमा ८ वटा नगरस्तरीय र ६ वटा वडास्तरीय रहेका छन् ।

योजना सम्झौता तथा बैंक खाता खोल्न लगायतका कार्यका लागि पटक पटक पालिका केन्द्र सम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्न उक्त एकिकृत कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

जिल्लामै पहिलो पटक गरिएको एकिकृत कार्यक्रमले उपभोक्ता समितिलाई सहजता प्रदान गर्नुका साथै विकास समेत भरपर्दो हुने अपेक्षा गरिएको छ । गार्मा माविको सभा हलमा भएको उक्त कार्यक्रममा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार