आयुर्वेद स्वास्थ्य केन्द सोलुले गर्यो समन्वयात्मक समिक्षा कार्यक्रम

सोलुखुम्बु -जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुले समन्वयात्मक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आज (बुधवार) आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा एक कार्यक्रमका बिच गत ३ वर्ष र यस आर्थिक वर्षको प्रगति बिवरण तथा सेवा कार्यक्रमहरुको समिक्षा गरिएको हो ।

आगमि आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र भएका गाउँपालिकाहरु र औषाधालाय भएका गाउँपालिकाका स्वास्थ्य शाखाहरुको विनियोजित बजेटबाट कार्यक्रम सञ्चालन गर्ने लगायत विषयमा छलफल गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका सुचना अधिकारी केशव ढुङगानाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बुद्वि कुमार राज भण्डारी, बिशिष्ट अतिथि पुर्व सांसद उत्तर कुमार बस्नेत, विशेष अतिथि सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत जिल्लाका कार्यलय प्रमुखहरु, सुरक्षा निकायहरु गरी ४५ जनाको उपस्थितिमा समन्वयात्मक समिक्षा कार्यक्रम सम्पन्न भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार