सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधिन (८६ मेगावाट) सोलु दुधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत शुक्रबार ५१ जनाको स्वाब संकलन गरि गरिएको परीक्षणमा आईतबार २५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् । उनीहरुलाई हाईड्रो पावरको आईसोलेसनमा राखिएको छ ।
आजै सोलुदुधकुण्ड नगरपालिका २ बेनीका जनप्रतिनिधि, प्रहरी, एम्बुलेन्स चालक र स्थानीय गरि ४ जना र खुम्बु पासाङल्हमू गाउँपालिकाका ९ जना स्थानीयमा कोरोना पुष्टि भएको छ । एकैदिन जिल्लामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।