कांग्रेसको राजनितिमा होमिए लोकप्रिय गायक क्षेत्री

केन्द्रीय सदस्यमा दिए उम्मेदवारी

  हिमाल समाचार
217 Shares

चर्चित गायक विमलराज क्षेत्री राजनीतिमा होमिएका छन् । लामो समय लोकगायनको क्षेत्रमा क्रियाशील क्षेत्री १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । उनी सभापतिका उम्मेदवार शेखर कोईरालाको टीमबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । अहिले प्रचारप्रसारमा लागेका छन् । क्षेत्री पर्वतबाट खुल्ला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

२०५० सालमा पर्वतको श्री शारदा माविबाट नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका क्षेत्री नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व केन्द्रीय सदस्य समेत हुन् । २०५६ सालबाट औपचारिक गायन यात्रा सुरु गरेका क्षेत्रीको बल्लै भो भेट, जापान टोकियो , सुपारी चाम्रो, बुट्टे रुमाल, मधुवनैमा, रानीघाटैमा, हिमाल सेतै छ, औठी कुसैकोलगायतका गीतहरु चर्चित छन् । उनै गायक क्षेत्रीसंग सहकर्मी शिखर गजरकोटेले गर्नुभएको कुराकानीको सम्पादित अंश :

कलाकारितामा रमाईरहेको तपाई एक्कासी राजनितिमा होमिनु भो नी, किन ?
झट्ट हेर्दा कलाकारिता पछि राजनितिमा होमिए झैँ देखियो तर वास्तविक कुरा गर्दा कलाकारिता भन्दा पहिले राजनिति शुरु गरेको व्यक्ति हूँ । मैले राजनितिक यात्रा २०५० सालबाट शुरु गरे । मेरो राजनीतिक करिअर फर्केर हेर्दा २०५० सालमा नेविसंघ शारदा मावि पर्वतको सचिवको जिम्मेवारी सम्हाले ।

२०५३ सालमा नेविसंघ, पर्वत बहुमुखी क्याम्पसको सचिव, २०५६ सालमा जयनेपाल सांस्कृतिक प्रतिष्ठानको केन्द्रीय सदस्य, २०६८ सालमा नेपाल कलाकर्मी संघको उपमहासचिव बनेर काम गरे । २०७० मा नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय सदस्य भएको म २०७४ मा लोकतान्त्रिक लोकदोहोरी संघको सभापति बनेको थिए । अहिले नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएर महाधिबेशनमा सहभागी बनेको छु ।

तर तपाईलाई धेरैले लोक दोहोरी गायक भनेर चिन्छन् नी ?
हो, राजनितिमा भन्दा पहिला चर्चा र सफलता गीत संगीतबाट मिल्यो । त्यसले गर्दा हो ।

अब मूलधारकै राजनिति गर्नुपर्छ भन्ने किन लाग्यो ?
म यसअघि जयनेपाल सांस्कृतिक प्रतिष्ठानको केन्द्रीय सदस्य बने । लोकतान्त्रिक लोकदोहोरी संघको सस्थापक पनि हूँ । निति नियम बनाउने ठाउँमा वास्तविक कलाकारको उपस्थिती पनि हुनुपर्छ भन्ने लाग्यो । कलाकारले गीत मात्र गाउदैन्, राष्ट्र निर्माणमा पनि भूमिका निर्वाह गर्न सक्छ भन्ने दृढ संकल्पसहित कांग्रेसको केन्द्रीय सदस्य बन्ने सोच सहित अघि बढे ।

कि गीत संगीत चल्न छाड्यो, अब राजनिति गरौँ भन्ने मनसाय हो की ?
त्यसो होईन, गीत संगीत नेप्से परिसूचक जस्तो हो । कहिले हरियो, कहिले रातो । गीतसंगीत र राजनिति संगै लैजान्छु । मेरो लागि यी दुई क्षेत्र परिपुरक छन् ।

तपाईले केही कांग्रेस पार्टीको गीत पनि गाउनु भो नी ? जस्ले कांग्रेसीजनमा प्रिय छ ।
हो, एक नारायण भण्डारीको सृजनामा मैले र रितु थापा बहिनीले सुन सुन साथी हो …बोलको गीतमा स्वर दिएका छौ । त्यो गीतको चर्चा चल्छ । त्यसबाहेक वीपी सम्झेर, कांग्रेसको सिपाही लगायतका पार्टी गीतहरु गाएको छु ।

तपाईले पौडेल फकाउन गीतै गाइदिनुभएछ ?
त्यस्तो होईन, मैले विपिको पनि गीत गाएको छु ।

जित्छु भन्नेमा कति विस्वस्त हुनुहुन्छ ?
मलाई के विश्वास छ भने म मूलकभरबाट छनौट भएर आएका महाधिबेशन प्रतिनिधिको नजरमा पर्छु । उहाँहरुलाई गायकलाई जिताउदा पार्टीलाई राम्रै हुन्छ भन्ने लाग्यो भने अमुल्य मत पाउछु । कांग्रेसलाई मजबुत बनाउन म योगदान गर्न तयार छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार