कुमार प्रयासले ल्याए ‘मारेको छ नि हौ’

  हिमाल समाचार
532 Shares

काठमाण्डौँ । गीत गायनलाई निरन्तरता दिने क्रमा गायक कुमार प्रयासले पुर्वेली गीत ‘मारेको छ नि हौ’ सार्वजनिक गरिएको छ ।

यसअघि ‘हिम्पी’, ‘मिठुको भट्टी पसल’ जस्ता गीतबाटचर्चा बटुलेका प्रयासले आफ्नै संगीत र दुर्लभ जन्तरेको शब्दमा पुर्वेली गीत ‘मारेको छ नि हौ’ सार्वजनिक गरेका हुन् ।

प्रयासलाई गायनमा नवप्रवेशी गायिका इन्द्रकला राईले साथ दिएकी छिन् । इन्द्र कलाको स्वर मन परेपछि यो गीतबाट डेब्यूको अवसर प्रदान गरेको गायक प्रयासले बताए । राजु कार्कीको एरेन्ज रहेको गीतलाई किङ स्टुडियोमा रेकर्ड गरिएको छ । गीतको स्टुडियो लिप्सिङ भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा बोलिचालिमा चलेको थेगो ‘मारेको छ नि हौ’ लाई प्रयोग गरिएको छ । गीतका शब्द र भाकामा पुर्वेली लवज भेटिन्छ । गीतले पुर्वी भेगमा चर्चा पाउनेमा गीतकार दुर्लभ जन्तरे आशा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार