दशैँ बिदामा पनि कोभिड प्रयोगशाला र अस्पताल बन्द नहुने

  हिमाल समाचार
0 Shares

काठमाडौं – दशैँ बिदामा पनि कोभिड १९ अस्पतालहरू आवश्यकताअनुसार सञ्चालन हुने भएका छन्। स्वावस्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँ बिदामा पनि कोभिड अस्पतालहरू सञ्‍चालन हुने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा दशैँका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने बताए।

उनले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दशैँ बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताए। उनले भने, ‘कोभिड नियन्त्रण र रोकथाम सम्भव छ सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरौँ।’

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार