सोलुखुम्बु : बेनीका ३० जनाकै रिर्पोट नेगेटिभ

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङको आधारमा सोलुदुधकुण्ड नगरपालिका २ बेनीबाट संकलन गरि पिसिआर परीक्षण गरिएको ३० जनाकै रिर्पोट नेगेटिभ आएको छ ।

आइतबार जनप्रतिनिधि, प्रहरी इन्चार्ज, एम्बुलेन्स चालक र एक स्थानीयमा कोरोना देखिएपछि मंगलबार उनीहरुको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरिएको थियो ।

काठमाण्डौ स्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा सम्पुर्णको रिर्पोट नेगेटिभ आएको वडाअध्यक्ष मिंमार दोर्जी शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार