सोलुखुम्बुको महाकुलुङमा ११ दिनमै रक क्लाईम्बीङ सेन्टर निर्माण, माघ ३ मा उद्घाटन

  हिमाल समाचार
630 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले ११ दिनै रक क्लाईम्बीङ सेन्टर निर्माण गरेको छ ।
सम्भाव्यता अध्ययन सहित स्थलगत काम ११ दिनमै रक क्लाईम्बीङ सेन्टर निर्माण गरिएको हो ।

महाकुलुङ गाउँपालिका १ पात्लेमा रक क्लाईम्बीङ सेन्टर निर्माण सम्पन्न भएको अध्यक्ष सागर किरातिँले बताए ।

प्राविधिकको टोलीले गाउँपालिकाको बुङ, पेल्माङ, छेस्काम, गुदेल, चाचालुङ लगायतका स्थानको भिरको अध्ययन गरेको थियो ।

स्थानिय तथा अन्तराष्ट्रिय माउण्टेनरिङ गाईड तेण्डी शेर्पाको पहलमा विदशी डोनरले उपलब्ध गराएको ३ लाख ६० हजारको सामाग्री र महाकुलुङ गाउँपालिकाको ५ लाखको लागतमा रक क्लाईम्बीङ सेन्टर निर्माण गरिएको हो ।

रक क्लाईम्बीङ सेन्टरको माघ ३ गते उद्घाटन गरिदैछ ।

तस्विर: दिप किराँतीको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार