नेपाली काग्रेस सोलुको विरोध प्रर्दशन तयारी

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध नेपाली कांगे्रसले भोली देशभर विरोध प्रदर्शन गर्न लागेको हो । सोलुखुम्बु जिल्लाका विभिन्न स्थानमा पनि विरोध प्रदर्शनको तयारी गरिएको छ । नेपाली कांगे्रस सोलुदुधकुण्ड नगर कार्यसमितिले आज पत्रकार सम्मेलन गर्दै भोली गरिने विरोध प्रदर्शनको तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेकाले देशव्यापी विरोध प्रदर्शनमा सहभागी बन्न नगरकार्य समिति सभापति राजु पाख्रिनले अपिल गरे । पत्रकार सम्मेलनमा बोल्दै सोलुदुधकुण्ड नगरपालिका २ का वडाअध्यक्ष मिङमार दोर्जी शेर्पाले सरकारको असंर्वधानिक कदमको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्ने बताए ।

शनिबार हुने विरोध प्रदर्शन पार्टी कार्यालयदेखी नया बजार हुदै जिल्ला समन्वय समितिको सभाहलमा कोणसभामा परिणत हुनेछ । जसको सम्बोधन कांगे्रसका पुर्र्वसभापति आङगेलु शेर्पाले गर्नेछन् । त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहमा पनि विरोध प्रदर्शनको तयारी गरिएको छ ।

सोताङ गाँउपालिकामा स्थानीय तह समन्वय विभागका केन्द्रिय सदस्य गणेश बस्नेत र सोलु काठ्माडौ सम्पर्क समिति सभापति गोकर्ण बस्नेतको नेतृत्वमा विरोधका कार्यक्रम हुनेछ भने लिखुपिके गाँउपालिकामा पूर्वमन्त्री तथा कांगे्रसका केन्द्रिय सदस्य बल बहादुर केसी र कांग्रेस नेता प्रकाशसिंह कार्कीले नेतृत्व गर्नेछन् ।

यता, थुलुङ दुधकोशी गाँउपालिकामा हुने कार्यक्रममा कांग्रेसका जिल्ला सभापति बिनोद बस्नेतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार