अधिनायकवादी शैलीमा संसद विघटन: जसपा केन्द्रिय सदस्य शेर्पा

  हिमाल समाचार
35 Shares

सोलुखुम्बुु-जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा जनजाती अभियन्ता आङकाजी शेर्पाले अधिनायकवादी शैलीमा संसद विघटन गरिएको बताएका छन् ।

सोलुखुम्बुुको सल्लेरीमा विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा शेर्पाले संसदलाई छायाँमा पारेको भन्दै जनचाहना अनुसार काम गर्न नसक्ने राष्ट्रपति र प्रधानमन्त्री आवश्यक नरहेको बताए । संसद पुनःस्थापना नभए मुलक संकटमा फस्ने उनको भनाई छ ।
जिल्लामा पार्टी फुट नजिक देखिएको हो ? भन्ने पत्रकारको प्रश्नमा नेता शेर्पाले असन्तुष्टिलाई फुटको संकेतका रुपमा नलिन आग्रह गरे ।

जसपाका केन्द्रिय सदस्य राजकुमार राईले संघिय प्रणाली अधुरो रहेको बताए । प्रधानमन्त्रीको कदमले देश द्धन्द्धमा जाने संकेत मिलेको भनको भनाई छ ।

जसपाका सोलुखुम्बु ईन्चार्ज लाक्पा शेर्पाले सामाजिक सञ्जालमा देखिएको जस्तो जसपा सोलुमा विवाद नरहेको बताए । सबै पक्षलाई समेटेर अघि बढ्ने उनको भनाई छ ।

पत्रकार सम्मेलनमा जसपाका सोलुखुम्बु अध्यक्ष नरेन्द्र मगर, डिबि नेपाली लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार