वी.पी.संस्कृत माविमा पुस्तक अभाव

  हिमाल समाचार
336 Shares

सोलुखुम्बुको वी.पी.संस्कृत माविमा संस्कृत भाषाको पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा ९ र १० को अनिवार्य संस्कृत भाषा पुस्तक नहुँदा पठनपाठनमा समस्या भएको हो ।

चालु शैक्षिक सत्रको सुरुवात देखि नै जनक शिक्षा सामाग्री केन्द्रमा माग गरेको भएपनि पुस्तक छपाईमा ढिलासुस्ती हुँदा समस्या भएको विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार सन्दर्भ सामाग्री खोजेर अध्यापन गराएपनि पुस्तक अभावमा एसईई दिने विद्यार्थीलाई शिक्षण गर्नका लागि समस्या भएको बताए । जनक शिक्षा सामाग्री केन्द्रले छाप्ने आश्वासन दिँदै आएको भएपनि हालसम्म पुस्तक नछापेको प्रध्यानाध्यापक काफ्लेको गुनासो छ ।

जनक शिक्षा सामाग्री केन्द्रका सुचना अधिकारी चित्र कुमार आचार्यले मागका आधारमा मात्रै पाठ्यपुस्तक छपाई हुने भएकाले संस्कृत भाषाको पुस्तक देशभरबाट ३ सय थान हाराहारीमा माग भए अनुसार छपाई भएर वितरण भईसकेको बताए ।

अभाव भएमा माग गर्न आग्रह गर्दै उनले आगामी आर्थिक वर्षका लागि पाठ्यपुस्तक छपाईको तयारी गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार