सोलुखुम्बुको होटल, पसल मूल्यसूची विहीन, ठगिदै उपभोक्ता

  हिमाल समाचार
364 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा सञ्चालित अधिकांस होटल पसलहरुमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिने सम्भावना बढेको छ । जिल्लामा संचालित अधिकांश होटल पसलहरुले मूल्यसूची विना नै आफुखुसी समाग्रीहरु बिक्री गरिदा उपभोक्ता ठगिने क्रम बढेको हो ।

उभोक्ता हित संरक्षण ऐन व्यवस्था भएपनि यहाँका अधिकांश होटल पसलहरुमा मुल्य सुची नहुँदा व्यापारीहरुले मनोमानी मूल्य लिने गरेका छन् । जसले गदौ उपभोक्ता हित संरक्षण ऐन नै कुण्ठित भएको उपभोक्ताहरुको गुनासो छ ।

जिल्लाको उद्योग बाणिज्य संघले मुल्य सुची निर्धारण गरि सबै साना उधोग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल र होटलहरुमा वितरण गर्नुपर्ने भएपनि जिल्लामा उद्योग बाणिज्य संघ निस्कृय हुँदा लामो समयदेखि मुल्य सुची कायम गर्न नसकिएको हो ।

हाल सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलहरुमा समेत विना मूल्यसूची खाद्यन्न तथा अन्य सामाग्रीहरु बिक्री भईरहेका छन् भने ग्रामिण भेगका सबै पसलहरुमा समेत मनोमानी रुपमा सामाग्री बिक्री भईरहेका छन् ।

जसले गर्दा एउटै सामानको मूल्य पसल नै पिच्छे फरक पर्न गएको उपभोक्ताको गुनासो छ । पछिल्लो समय खाद्यन्नदेखि अन्य किराना समाग्रीहरुको मुल्य घटबढ् भईरहेपनि मूल्य सुची कायम गराउने सवालमा उद्योग बाणिज्य संघ निरिह हुँदा उपभोक्ता मारमा छन् ।

जिल्लाको उद्योग बाणिज्य संघ निस्कृय हुँदा आफुहरुले लामो समयदेखि मूल्यसूची कायम गर्न नसकेको संघका सहसचिव महेश खालिङ राईले स्वीकार गरे ।

जिल्ला सदरमुकाममा पर्ने सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा समेत मूल्यसूची छैन भने थुलुङ दुधकोशी, नेचासल्यान, माप्दुधकोशी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रको पसल तथा होटलहरुमा मूल्यसूची नभएको सम्बन्धीत पालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन गर्दा मूल्यसूची जिल्लाको कुनै पनि होटल पसलहमा मुल्य सुची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीहरुलाई निर्देशन दिइएको छ ।

यदि निर्देशनको अवज्ञा गरे उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही गरिने सहयाक प्रमुख जिल्ला अधिकारी सिता अधिकारीले बताइन् । प्रशासन उपभोक्ता हित संरक्षण गराउने सवाललमा निर्मम ढंगले अघि बढेकाले अटेर गर्ने व्यवसायी उपर चुप लागेर नबस्ने चेतावनी समेत दिइएको छ ।-फायल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार