अमेरिकी पूर्व राष्ट्रपति ओबामाको सम्मेलनमा नेपाली चेली सोनाम डोकाको दम्दार प्रस्तुती

  सुबास दर्नाल
6.3k Shares

सोलुखुम्बु – अमेरिकी पूर्व राष्ट्रपति बारक ओबामाले आयोजना गरेको विश्वको एक चर्चित महिला नेतृहरुको सम्मेलनमा नेपालको तर्फबाट सोनाम डोका शेर्पाले प्रस्तुती दिनुभएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति बारक ओबामा र मिसेल ओबामाद्वारा सञ्चालित बारक ओबामा फाउन्डेसनद्वारा जुन १९ देखि २१ तारिक सम्म ग्रिसमा आयोजना गरेको विश्व चर्चित महिला नेतृहरुको सम्मेलनमा नेपालको तर्फबाट सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुकी शेर्पाले नेपालको महिलाको अवस्था, सशक्तिकरणण, महिलाको समस्या, चुनौती, अवसर, जलवायु परिवर्तन लगायतका विषयमा प्रस्तुती दिएर फर्किनुभएको छ ।

नेपालको महिलाहरुको अवस्था र चुनौती तथा जलवायु परिवर्तनको बारेमा चासोका साथ प्रस्तुती सुनेका पूर्व राष्ट्रपति ओबामाले सोनाम डोकाको प्रस्तुतीलाई प्रसंशा गर्नुभएको थियो । प्रत्येक महिला नेतृहरुले आ–आफ्नो क्षेत्रमा खेलेको भुमिकाले विश्व परिवर्तनमा महत्वपुर्ण साथ मिलेको पूर्व राष्ट्रपति ओबामाले बताउँनुभयो ।

 

युरोपियन युनियन, एसियन प्यासिफिक, अफ्रिकन देशहरु गरी १०० भन्दा बढी राष्ट्रका महिलाहरु सहभागी उक्त कार्यक्रममा अन्य मुलुकका महिला नेतृहरुको प्रस्तुतीलाई समेत सोनाम डोकाले प्रस्तुत गर्नुभएको थियो ।

सगरमाथाको फेदमा जन्मिएकी सोनाम डोका उक्त विश्व चर्चित सम्मेलनका लागि छनौटमा पर्नुभएको थियो । उहाँ पूर्व राष्ट्रपति ओबामाको सम्मेलन सकेर फ्रान्स र केन्याको अर्को बृहद सम्मेलनमा समेत सहभागी भएर जुलाई १२ तारिख नेपाल फर्किनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार