जिल्ला प्रशासन कार्यालयको आयोजनामा व्याडमिन्टन प्रतियोगिता हुदै

  हिमाल समाचार
413 Shares

साेलुखुम्बु – सोलुखुम्बुमा निजामती कर्मचारीहरुको व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा पत्रकार सम्मेलन मार्फत यहि २२ र २३ गते प्रतियोगिताको आयोजना गरिने जानकारी दिइएको हो ।

“व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन” भन्ने मुल नाराका साथ मनाउन लागिएको निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले व्याडमिन्टन प्रतियोगिता गरिने जानकारी दिएको हो । प्रतियोगिता सोलुखुम्बु जिल्ला स्तरिय निजामती कर्मचारी पुरुष डवल, सोलुखुम्बु जिल्ला स्तरीय खुल्ला महिला डवल, सोलुखुसम्बु जिल्ला स्तरीय खुल्ला पुरुष डवल गरि ३ विधामा आयोजना हुने बताइएको छ ।

खेल भिआइएको नियमानुसार खेलाईन बताइएको छ । २ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा सोलुखुम्बुका कर्मचारिले भाग लिन पाउने बताइएकोछ । प्रतियोगितामा तिनै विधाका सहभागी खेलाडीहरुलाई पुरस्कार राी क्रमशः ३ हजार, २ हजार १ हजार रुपैयाँको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने व्याडमिन्टन प्रतियोगिताका कार्यक्रम संयोजक महेश भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्धाटन समारोहमा प्रमुख अतिथीको रुपमा कोशी प्देशका निवर्तमान सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई आमन्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी बसन्ट भट्टराईले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागी पविधिक सहयोग सोलुखुम्ब व्याडमिन्टन संघकोे रहेको छ भने बिशेष सहयोग योङ्ग स्टार क्लव सोलुखुम्बुको रहेको छ ।

यस्तै उक्त अवसरमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका कुनै एक कर्मचारी उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत हुने पनि जनाइएको छ । कार्यालयका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालका अनुसार कार्यालयले कर्मचारी प्रोत्साहनका लागी पुरस्कृत गरिन लागेको हो ।

उत्कृष्ठ कर्मचारीलाई ५ हजार रुपैयाँ पुरस्कार राशीका साथ सम्मान गरिने जनाइएको छ । निजामति सेवा दिवसको उद्धाटन प्रभावत फेरि सहित प्रदेश सांसद तथा निवर्तमान मन्त्री राजभण्डारीले गर्नुहुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार