लुक्लामा नियम उल्लंघन गर्ने ३ वटा हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

  हिमाल समाचार
3.9k Shares

सोलुखुम्बु – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने ३ वटा हेलिकोप्टरको उडानमा रोक लगाएको छ ।

सोलुखुम्बुको लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एअरलाइन्स र फिस्टेल एअरको ३ वटा हेलिकप्टरलाई ग्राउन्डेड गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले दुई वटा कम्पनीका तीन वटा हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउन्डेड गरिएको हो ।

जिल्लाको लामाजुरा क्षेत्रमा हेलिकप्टर दुर्घटना भएपनि क्यानले हवाई उडानमा कडाई गरेको छ । उसले मौसम प्रतिकुल भएको समयमा हेलिकप्टर उडानमा रोक नै लगाएको छ तर श्री एयर र फिस्टेलले भने उक्त नियमको उल्लंघन गर्दै लुक्ला क्षेत्रमा उडान गरेका पाइएपछि उडानमा रोक लगाएको प्राधिककरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार