खोटाङको हौचुरमा ४४ हजार पुरस्कार राशीको वडास्तरीय भलिवल प्रतियोगीता हुँदै

  हिमाल समाचार
847 Shares

साेलुखुम्बु – खोटाङको रावाबेँसी गाउँपालिका वडा नम्बर ६ ले दशैतिहार लक्षित वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगीता गराउने भएको छ । वडा नम्बर ६ को आर्थिक सहयोग तथा हौँचुर खेलकुद विकास समितिको आयोजनामा असोज ३० देखी कार्तिक २ गते सम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ ।

सारदा मावि हौँचुरको खेलमैदानमा हुने प्रतियोगिताको प्रथम पुरस्कार ४४ हजार ४ सय ४४ रुपैयाँ द्धितिय पुरस्कार २५ हजार ५ सय ५५ र तृतिय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार ५ सय ५५ रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार खेल एफआइभिपि (FIVP)को नियममा आधारीत भएर खेलाइने योजना छ । इच्छुक टिमले असोज ६ गते सम्ममा ३ हजार टिम दर्ता शुल्क बुझाइ टिम दर्ता गराउन सक्ने आयोजकले एक सुचना जारी गर्दै उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार