सोलुमा सम्पन्न जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि राईलाई

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि खरिधन राईले हात पार्नुभएको छ । बडा दसैँ तथा शुभदिपावलीको पावन अवसरमा जिल्ला समन्वय समिति सोलुखुम्बु र जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा थुलुङ दुधकोशी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत राई प्रथम हुनुभएको हो ।

प्रतियोगितामा माप्यदुधकोशी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादव द्वितीय, जिल्ला समन्वय समिति सोलुखुम्बुका निमित्त समन्वय अधिकारी लवुन राई र जन जागृती मावि सल्लेरीका शिक्षक बासुदेव राई तृतीय हुनुभएको छ ।

स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमश नगद २० हजार, १५ हजार र १०/१० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।स्थान ओगट्न सफल प्रतियोगिहरुलाई विहीबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले पुरस्कार वितरण गर्नुभयो ।

बुधबार र विहीबार २ सम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा अन्य गरी १४ जनाको सहभागीता रहेको आयोजकले जनाएको छ । खेलको सोलुखुम्बु प्रतिनिधिसभा सदस्य मानविर राईले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार