हौंचुरमा सम्पन्न वडा स्तरीय पुरुष भलिबलको उपाधि डुम्रेधारापानीलाई

सोलुखुम्बु – खोटाङको रावाबेसी गाउँपालिका–६ हौंचुरमा वडा दशै तथा शुभ दिपावलीको अवसरमा ३० गतेबाट सुरु भएको वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा हौंचुर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता विहीबार सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रथम रावाबेसी –४ डुम्रेधारापानी, द्वितीय नेपाल तरुण दल वडा नम्बर १ कुभिण्डे, तृतीय रावाबेसी – ६ हौचुर र सान्त्वाना वडा १ कुभिण्डे हाचेका भएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनभुयो । प्रथम हुने टिमले नगद रु ४४ हजार ४४४ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो, तेस्रो र सान्त्वना टिमलाई क्रमस नगद रु २५ हजार ५५५, १५ हजार ५५५ र १० हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको हौंचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । शारदा माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन भएको उक्त प्रतियोगितामा ७ विद्याका उत्कृष्ट खेलाडी र एक जना प्रशिक्षकलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

सर्वोत्कृष्ट प्रदिप खड्का डुम्रे , उत्कृष्ट सटर सबिन श्रेष्ठ हौचुर, डिफेण्डर विशाल भुजेल हौचुर , लिफ्टर सन्तोष गुरुङ डुम्रे, ब्लकर सुजन तामाङ डुम्रे , अनुसासित सबिन श्रेष्ठ कुभिण्डे र उत्कृष्ट टिम कोच विनोद अधिकारी डुम्रेधारापनी नगदसहित ट्रफी प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार