रहेनन् नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङ दावा शेर्पा

  हिमाल समाचार
189 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुका पुराना नेता आङ दावा शेर्पाको निधन भएको छ । सोलुदुधकुण्ड नगरपालिका २ मपुङका शेर्पाको ८२ वर्षको उमेरमा काठमाण्डौँ स्थित निजि निवासमा शुक्रबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

कांग्रेसका कृयाशिल सदस्य शेर्पा वि.स. २०३९ देखि २०५४ सालसम्म तत्कालिन बेनी गाविस वडा नम्बर ५ को निर्वाचित वडा अध्यक्ष समेत भएका थिए । शेर्पा अलजाईमर रोगबाट ग्रासित हुनुहुन्थ्यो ।

जिवनभर पार्टीमा प्रतिबद्ध शेर्पाको देहवासनले कांग्रेसलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेल शेर्पाले बताउनुभयो । आङ दावाले पु¥याउनुभएको योगदानलाई पार्टीले कहिल्यै भुल्न नसकिने केन्द्रीय सदस्य शेर्पाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार