लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति सोलुखुम्बुले जिल्ला स्तरीय भेला गर्ने

  दिपेन्द्र खनाल
378 Shares

साेलुखुम्बु – लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति सोलुखुम्बुले जिल्ला स्तरीय भेला गर्ने भएको छ । यहि कार्तिक २३ गतेका दिन लघवित्त संस्था विरुद्धको संघर्ष समिति सोलुखुम्बुको आयोजनामा जिल्लाको नेचासल्यान गाउँपालिकामा संघर्षको कार्यक्रम घोषणा गरेको हो । लघुवित्त पिडितहरुको उपस्थितीमा समितिले जिल्ला स्तरीय भेला गर्न लागेको जनाइएको छ ।

समितिले लघुवित्तहरु खारेज गर्नुपर्ने, लघुवित्तहरुले लगाएका सामुहिक ऋण खारेज गर्नुपर्ने, गरिव किसानहरुलाई निःशुल्क ऋण प्रवाह गरिनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गरिनुपर्ने लगायतका माग राख्दै जिल्ला स्तरीय संघर्षको कार्यक्रम घोषणा गरिएको बताइएको छ । संघर्षका कार्यक्रमका लागी केन्द्रिय अध्यक्ष, संयोजक, प्रदेश अध्यक्ष तथा प्रदेश संयोजक हरुको उपस्थीति रहने जनाइएको छ ।

पछिल्लो समय सहकारी संस्थाहरुले ऋणको नाममा सर्वसाधारणलाई दुःख दिइरहेकाले सरकारसँग विभिन्न माग राख्दै संघर्षका कार्यक्रम गर्न थालिएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार