मालपोत कार्यालय सोलुखुम्बुको राजस्व ५० प्रतिशतले बढ्यो

सोलुखुम्बु – मालपोता कार्यालय सोलुखुम्बुको राजस्व ५० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा राजस्व संकलन ५०.१४ प्रतिशतले वद्धि भएको हो ।

कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो ३ महिना साउन, भदौ र असोजमा ४० लाख ७२ हजार ५४३ रुपैयाँ राजस्व संकलन भएको थियो तर चालु आर्थिक वर्षको सोही अवधिमा ८१ लाख २१ हजार ८० रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको साउनमा ३१ लाख २६ हजार ६९५, भदौमा २६ लाख १५ हजार ९२१ र असोजमा २३ लाखा ७८ हजार ४६४ रुपैयाँ राजस्व संकलन भएको खरिदार सुमन कार्कीले जानकारी दिनुभयो । पुँजीगत लाभकर बापत साउनमा १६ लाख ८९ हजार २८८, भदौमा ७ लाख ७१ हजार १६९ र असोजमा ७ लाख ७ हजार ६२५ रुपैयाँ राजस्व संकलन भएको सुचना अधिकारी कार्कीले बताउनुभयो ।

पुँजीगत लाभकरण बापत संकलन भएको राजस्व मध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय सरकारमा जाने प्रावधान छ । सो अवधिमा ८८ वटा धितो बन्धक र ३२७ वटा लिखत पारित भएका छन् ।

गत वर्ष जग्गा कित्ताकाट रोकिदा गिरावट आएको राजस्व संकलन यस वर्षको भदौबाट फुकुवा भएसँगै सेवाग्राहीको चाप बढ्दा राजस्व संकलनमा बृद्धि भएको मालपोत कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार