सोलुदुधकुण्ड नगरपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृति माविलाई

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजागृति मावि सल्लेरीले उचालेको छ । गार्मा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा २४ स्वर्ण, ११ रजत र १४ कास्य पदक सहित जनजागृति मावि प्रथम भएको हो ।

सल्लेरीकै ह्वाइटहिल्स मावि १३ स्वर्ण, २२ रजत र १५ कास्यसहित दोश्रो भएको छ भने गार्मा मावि मार्गा ८ स्वर्ण, ३ रजत र ९ कास्यसहित तेश्रो भएको रेफि संयोजक चेत बहादुर मगरले जानकारी दिनुभयो ।

गार्मा मावि गार्माको खेल मैदानमा भएको उक्त प्रतियोगितामा ४ विधा भलिबल, कवडी, एथ्लेटिक्स र मार्सल आर्टका गरि ६६ इभेन्टमा खेल भएको संयोजक मगरले बताउनुभयो ।

गत शुक्रबारबाट सुरु भएर सोमबार सकिएको उक्त प्रतियोगितामा नगर क्षेत्रका १४ माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार