हलेसीमा करातेका तीन खेलाडी नगदसहित सम्मानित

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सातौं दक्षिण एसियाली कराते प्रतियोगितामा पदक दिलाउने तीन खेलाडीलाई सम्मान गरेको छ ।

मंसिर १७ गते काठमाडौंमा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक दिलाउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी युमासम राई, रजत पदक दिलाउने दिक्तेल रुपाकोट मझुवागढी–१२ जालपाका रुरीहाङ दुमी र कांस्य पदक दिलाउने हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी महादेवस्थानका दिपेश राईलाई सम्मान गरेको हो ।

हलेसी तुवाचुङमा शनिबार आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा माघ १३ गते कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्मानपत्रको साथमा नगद १० हजार रूपैयाँसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

युमासमले महिला माइनस् ६८ केजीमा तथा कुमिते समूह फाइटमा स्वर्ण, रुरीहाङले पुरुष सिनियर माइनस् ७५ केजीमा रजत तथा कुमिते समूह फाइटमा पनि रजत र दिपेशले जुनियर ५० केजी तौल समूहमा कांस्य पदक दिलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार