सोलुमा हुने जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको मिति सर्‍यो

  हिमाल समाचार
5.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा यही माघ २० गतेबाट सुरु हुने भनिएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्र्रतियोगिताको मिति सरेको छ । प्र्राविधिक कारणवश उक्त प्रतियोगिता आगामी फागुन ५, ६ र ७ गतेका लागि सार्ने निर्णय भएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।

प्रदेश खेलकुद बोर्डको नियमित कार्यमा हेरफेर भएको, भौगोलिक कठिनाई तथा चिसोले जिल्लाका अधिकांश विद्यालयहरु बन्द भएकाले आज मंगलबार बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले प्र्रतियोगिताको सार्ने निर्णय गरेको कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

नयाँ कार्यतालिका अनुसार फागुन २ गते खेलाडी दर्ता गर्नुपर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा जिल्लाभरका स्थानीय तहहरुबाट छनौट भएका खेलाडीहरु सहभागी हुने खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लाबाट विभिन्न ६ विधामा ७२ जना खेलाडी छनौट गरी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले बताउनुभयो ।

जसमा महिला÷पुरुष भलिबल र कबडीमा १०÷१० जना, एथ्लेटिसमा २२ जना, तेक्वान्दोमा ६÷६ जना, कराँतेमा १२ जना र उसुमा १२ जना खेलाडी छनौट हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार