सोताङमा सुरु भयो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  एनिशा राई
259 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोश्रो अध्यक्ष कप तथा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विरेन्द्र ज्योति माध्यमिक विद्यालय सोताङ गाउँपालिका ५ को प्राङ्गणमा सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले दिप प्रज्वलन गरी विधिवत रुपमा उद्घाटन गर्नुभएको संवाददाता रामबहादुर बस्नेतले जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा पालिका भरका ५ वटा माध्यमिक विद्यालयका गरी १० टिमको सहभागी रहेको आयोजकले जनाएको छ ।

अन्तर मावि स्तरिय छात्र/छात्रा भलिबल, रिलेदौड, कबड्डी एथ्लेटिकस् लगायतका खेल हुने जनाइएको छ । अध्यक्ष कपमा खुल्ला पुरुष तथा महिला भलिबल, डबल, सिंगल पुरुष तथा महिला व्याडमिन्टन लगायतका खेलको आयोजना गरिएको छ ।

खुला पुरुष तथा महिला भलिबलमा परुष १५ टिम र महिला ९ टिमको सहभागिता रहेकाे छ । प्रतियोगितामा पुरुष तथा महिला दवैतर्फ प्रथम, द्वितीय, तृतीय र सान्तोना हुने टिमले समान ७५ हजार, ५० हजार, ३० हजार, र २० हजार नगदको साथमा ट्रफी मेडल र प्रमाण पत्रको प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार