दुवेकोलमा सम्पन्न वडा स्तरीय पुरुष भलिबलको उपाधि कुभिण्डेलाई

  हिमाल समाचार
581 Shares

सोलुखुम्बु – खोटाङको रावाबेसी गाउँपालिका ५ मा सम्पन्न पालिका भित्रका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १ कुभिण्डेले हात पारेको छ । गंगोदय माविको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा आयोजक ए टिम वडा नम्बर ५ दुवेकोललाई पछि पार्दै कुभिण्डेले उपाधि चुमेको हो ।

दुवेकोल ए टिमले दोश्रो स्थानमा चित्त बुझाएको छ भने वडा नम्बर ३ लामिडाँडा तृतीय र वडा नम्बर ६ हौंचुरले सान्तवना स्थान ओगट्न सफल भएको छ । स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमशः नगद रु. एक लाख, सत्तरी हजार, चालिस हजार र बीस हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकोे आयोजकलाई उदृत गर्दै सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सर्वाेत्कृष्ट खेलाडी कुभिण्डेको खेलाडी योगेश राई, उत्कृष्ट स्पाइकर कुभिण्डेकै सविन श्रेष्ठ, उत्कृष्ट ब्लकर दुवेकोलका टिकाराम सुवेदी, उत्कृष्ट सेटर लामिडाँडाका अमोद रिजाल, उत्कृष्ट सर्वर हौंचुरका सविन श्रेष्ठ, उत्कृष्ट लिब्रो कुभिण्डेको किरण भुजेल र अनुशासित खेलाडी दुवेकोलका साजन राई भए ।

खेलमा सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु.३ हजार र अन्य विद्याका खेलाडीहरुलाई नगद रु. एक हजारको साथमा मेडल प्रमाण पत्र प्रदान गरिएको छ । भलिबल खेल समापन पश्चात सोही भलिबल खेल कार्यक्रमको अवसरमा ५ नम्बर वडा अध्यक्ष मन कुमार गुरुङको अध्यक्षतामा र रावा बेसी गाउँपालिका. अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा वडा कार्यालय दुवेकोलले वडा भित्रका विभिन्न चालिस विद्यामा उत्कृष्टहरुलाई सम्मान समेत गर्रिएको छ ।

वडा भित्र उत्कृट सरसफाई गर्ने नौँ जना, बढी बाख्रापालक, सिकर्मी, टेलर, डकर्मी, फलामको काम गर्ने, छालाको काम गर्ने, बढी धान, कोदो, मकै, तरकारी, फलफूल उत्पादन गर्ने कृषक, वडाभित्रका तिन वटै विद्यालयका शिक्षक, समाजसेवी, खेलाडी, स्वास्थ्यकर्मी, सबैभन्दा ज्येष्ठ पुरुष, ज्येष्ठ महिला, तिन वटै विद्यालयका अभिभावक, उपभोक्ता समिति, दुई जना विपन्न लाई पाठासहितको बाख्रा र अन्य विद्याका उत्कृष्टलाई विभिन्न सामग्रीको साथमा दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको हो ।

तिनवटै विद्यालयको शैक्षिक सत्र २०८० को दोस्रो त्रैमासिक परीक्षामा कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । रावाबेसी गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिता वडा नम्बर ५ र खेलकुद कार्यक्रम उपभोक्ता समितिको आयोजनामा सम्पन्न भयोे ।

कार्यक्रम उपभोक्ता समितिको अध्यक्ष गणेश गुरुङको सभापतित्व र रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार