कालिका देवि मावि पन्चनको चार कोठे आरसिसी भव, खेलमैदान र बास्केटबल कोर्टको उद्घाटन

  हिमाल समाचार
7 Shares

सोलुखुम्बु – कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा (कर्ज्याङ)ले भौतिक संरचनामा भन्दा शैक्षिक गतिविधिमा ध्यान दिनुपर्ने बताउनुभएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ स्थित कालिका देवि माध्यमिक विद्यालयको चार कोठे आरसिसी भव, खेलमैदान र बास्केटबल कोर्टको आइतबार उद्घाटन गर्दै सांसद शेर्पाले यस्तो बताउनुभएको हो ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राईले युग अनुसारको शिक्षा दिननसकेको अवस्थामा गाउँ रित्तो हुने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले सामुदायिक विद्यालयमा सुधारको खाचो आवश्यक रहेको बताउँदै शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन शिक्षकलाई निर्देशन दिनुभयो । पालिका उपाध्यक्ष सविता राईले प्रधानाध्यापक र शिक्षकले इमानदारीता देखाएको खन्डमा शैक्षिक सुधारको नतिजा आउने बताउनुभयो ।

यस्तै पालिका प्रवक्ता भोजराज कार्कीले निजि विद्यालयमा जस्तै अभिभावकले सामुदायिक विद्यालयमा पनि समय खर्च गर्ने हो भने बालबच्चा पढाउन शहर जानुनपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दाहालले थुलुङ दुधकोशी स्थानीय सरकारले शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको स्मरण गराउदै भौतिक पुर्वधार सङ्गै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५५ लाख बजेटबाट ४ कोठे आरसिसी पक्की विद्यालय भवन निर्माण गरिएको हो भने गाउँपालिकाको ५ लाख लागतमा विद्यालय खेलमैदान र कोरियाली नागरिकको २ लाख सहयोगमा बास्केटबल कोर्ट निर्माण गरिएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मिन प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

पछिल्लो समय कालिका देवि माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको प्रती अभिभावकले खुलेर प्रसम्सा गरेका छन । कक्षा १२ सम्म ३ सय ३० बढी विद्यार्थी रहेको विद्यालयमा व्यवस्थापन समिती, प्रधानाध्यापक, शिक्षक सहितको सक्रियता बढेको उनीहरुको भनाइ छ ।

आइतबारको कार्यक्रममा स्थानीय रुबेन राईको पहलमा कोरियाली नागरिकको सहयोगमा विद्यार्थीलाई झोला, स्टेसनरीका सामाग्री, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई कपडा सहित विद्यालयलाइ खेलकुदका सामाग्री प्राप्त भएको विद्यालयका प्रधानाध्यापक बिष्णु मणि ढुंगेलले जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिका भित्र १० वटा माध्यमिक विद्यालय रहेका छन । सामुदायिक विद्यालयमा शैक्षिक सुधारको निम्ति श्वेतपत्र जारी गर्ने देखि शिक्षा सम्मेलन समेतको कार्य भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार