जिल्ला अस्पताल फाप्लुको एम्बुलेन्स डेढ वर्ष देखि प्रयोगबिहिन

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लु सोलुमा प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स करिव डेढ वर्ष देखि प्रयोगबिहिन भएको छ । लागतमा खर्चिलो र ठुलो हेबी एम्बुलेन्स चालक नहुदा प्रयोगबिहिन बनेको हो ।

स्वास्थ्य आपुर्ति व्यवस्थापन शाखाले २०७९ साल भदौ ९ गते अस्पताललाई उपलब्ध गराएको थियो । अत्यन्तै खर्चिलो र तेल पनि बढी खाने भएकाले अस्पतालममा प्रयोग गर्ने समस्या भएको जिल्ला अस्पताल फाप्लुका निमित्त कार्यालय प्रमुख प्रशान्त शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहाडी जिल्लाहरुमा सडक कच्ची र साँघुरो रहेको र प्राप्त एम्बुलेन्स ठुलो भएका कारण सञ्चालनमा ल्याउन नसकिएको प्रमुख शाहाले बताउनुभयो । हाल सोलुदुधकण्ड नगरपालिकाको एम्बुलेन्स विकल्पमा प्रयोग भैरहेको छ ।

आफ्नै एमबुलेन्सबाट कम्तीमा ३० देखि ४० हजार खर्च हुने भएकाले बिरामीले प्रयोग गर्ने नसकेको अस्पतालले जनाएको छ । नगरपालिकको एम्बुलेन्सले ७ हजारमै उपचार गर्ने ठाउँसम्म प्¥याउने भएकाले अस्पतालको एम्बुलेन्स प्रयोगबिहिन भएको छ । प्रयोगबिहिन बनेको एम्बुलेन्स प्रदेश सरकारमै पठाउने अस्पतालका सुचना अधिकारी ल्यमी लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार