महाकुलुङमा सकियो १५ दिने विल्डिङ इलेक्ट्रोसियन तालिम

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा विल्डिङ इलेक्ट्रोसियन सम्बन्धी सिप बिकास तालिम सकिएको छ । वडा नम्बर २ र घरेलु तथा साना उद्योक कार्यालय सोलुको आयोजनामा १५ दिने तालिम मंगलबार सम्पन्न भएको हो ।

यो कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरमा युवाहरुको वृद्धि बिकास स्वरोजगार, बेरोजगारी युवाहरुलाई रोजगारी दिलाउने, स्थानीय स्तरमा जनशक्ति उत्पादन गर्ने लगायत कार्यक्रमको उदेश्य रहेको घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख नारायण प्रसाद खतिवडाले बताउनुभयो ।

तालिममा सामानको परिचय, दुई वा दुई भन्दा बढी एम सि.बि प्रयोग गर्न डि बि स्विचको प्रयोग, करेन्ट कसरी प्रवाह हुन्छ र अर्थिङ कसरी कस्तो अवस्थामा जोड्ने लगायतको विषयमा प्रशिक्षण गराएको प्रशिक्षक दिपेन्द्र थुलुङ राईले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका प्रमुख सुर्य बहादुर कुलुङले यस तालिमले देश बिदेश सम्ममा पनि सीपको टेवा पुग्ने बताउनुभयो । सहभागी सम्पुर्णलाई शुभकामना दिदै आयोजकलाई पनि विशेष धन्यबाद व्यक्त गर्नुभयो ।

तालिममा १ नम्बर वडका वडा अध्यक्ष प्रदिप कुलुङ सहित जम्मा १० जनाले सहभागी जनाएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । तालिममा सहभागी सबैलाई विल्डिङ इलेक्ट्रोसियन सामान सहित प्रमाणपत्र प्रदान गरेको अध्यक्ष कुलुङले बताउनुभयो ।

पालिका प्रमुख सुर्य बहादुर कुलुङ र घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख नारायण प्रसाद खतिवडा र वडा नम्बर २ का जनप्रतिनिधिहरुको विशिष्ट आतिथ्यतामा तालिम सम्पन्न भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार