महाकुलुङ १ मा २० दिने आधारभुत वल्डिङ तालिम सुरु

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ १ मा २० दिने आधारभुत वल्डिङ तालिम सुरु भएको छ । मंगलवार वडा नम्बर १ का १२ जना युबाहरुलाई उक्त तालिम दिन सुरु गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को वडा विनियोजित युवा लक्षित कार्यक्रममा साडे ४ लाखको लगानीमा युवाहरूलाई तालिम दिएको वडा कार्यलयले जनाएको छ ।

बजारको माग अनुसार तालिम प्रश्चात स्वादेशमै रोजगार दिलाउने यस कार्यक्रमको मुख्य मुख्य उदेश्य रहेको १ नम्बर वडाका वडा अध्यक्ष पर्खिधन राईले बताउनुभयो ।

उहाँका अनुसार सहभागीहरुलाई सहजीकरण अनुप नर्कमीले गरिरहनु भएको छ । वडा अध्यक्ष पर्खिधन राईको अध्यक्षता र पालिका प्रमुख सुर्य बहादुर राईको प्रमुख आतिथ्यतामा उक्त तालिम सुरु भएको छ ।

कार्यक्रमलाई संबोधन गर्दे प्रमुख अतिथि राईले स्थानीय स्तरमा सिप दिलाएर युवाहरुलाई स्वरोजगार बनाउने गाउँपालिका र वडा कार्यालयबाट पहल कदमी चलाउनुपर्नेमा जोड दिनुभयो ।

उत्त आधारभुत तालिममा पालिका उपप्रमुख, वडाका जनप्रतिनिधिहरु, वडा सचिव, कार्यपालिका सदस्यहरु, लगायतको उपस्थितिमा तालिम सुरु भएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार