महाकुलुङमा (एसइई) परिक्षा सम्बन्धी अन्तरक्रिया

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिमा माध्यमिक शिक्षा एसइई परिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ पेल्माङ आधारभुत विद्यालयमा यहि चैत्र १५ गते बाट सञ्चालन हुने परिक्षाको बारेमा आज अन्तक्रिया गरिएको हो ।

पालिका प्रमुख सुर्यबहादुर कुलुङको प्रमुख आतिथ्यता केन्द्र अध्यक्ष शिक्षा शाखा प्रमुखको विशिष्ट आतिथ्यता, तीन माध्यमिक विद्यालयका प्रधाना ध्यापकहरु र वडा अध्यक्ष लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

अन्तक्रिया कार्यक्रममा स्वार्दपुर्ण वातावरणमा परिक्षा गराईने छलफल भएको पालिका प्रमुख कुलुङले बताउनुभयो । अन्तक्रिया कार्यक्रमसंगै महाकुलुमा निर्माणधिन रहेको एपेक्स मकालु हाइड्रोपावर लिमिटेड र गौरीशंकर हाइड्रोपावर डेभलपमेन्ट हाइड्रोपावर लिमिटेडको अनुगमन गरिएको छ ।

गाउँपालिकाको शैक्षिक रिपोर्ट सोचबुझ गर्ने, वडा सरकार बिकासे योजना, आर्थिक वर्षमा बाकी रहेको गाउँपालिकाको लक्ष्यको योजना विनियोजित र तिब्र गतीमा गर्नुपर्ने निरिक्षण तथा स्थलगत अनुगमन के कस्तो योजनाका काम भएको छ कि छैन भन्ने विषयमा पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार गोले वडा अध्यक्ष प्रदिप कुलुङ, स्वास्थ्यकर्मी सुरक्षाकर्मीहरुले अनुगमन गरेको सहकर्मी झलक राईले जानका्री दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार