महाकुलुङमा प्राङगरिक प्रमाणिकरण सम्बन्धी तालिम सकियो

सोलुखुम्बु -सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा प्राङगरिक प्रमाणिकरण सम्बन्धी ४ दिने तालिम सकिएको छ । गाउँपालिकाको सभाहलमा गत सोमवारबाट सुरु भएको तालिम बिहिवार सम्पन्न भएको हो । उक्त तालिममा ५ वटा वडाका २९ कृषकलाई तालिम दिइएको छ ।

महाकुलुङ कृषि शाखाले चालू आर्थिक वर्ष २०८०/८१ ले यस कार्यक्रमको लागी १ लाख बजेट विनियोजन गरि ४ दिने प्राङगरिक प्रमाणिकरण तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा सम्पन्न प्राङगरिक प्रमाणिकरण सम्बन्धी कार्यक्रमको उदेश्य किसानहरुलाई कृषि पेसा आत्मा समान अभिरुचि बढाउन, नेपालमा कृषि विश्लेषण गर्न, प्राङगरिक कृषि उत्पादन प्रणाली र प्राङगरिक प्रमाणीकरण सम्बन्धी ज्ञान दिने लगायत विषयमा तालिम दिइएको कृषि अधिकृत ओश्रा कुलुङले बताउनुभयो ।

जिबित माटो बनाउने, प्राङगरिक मल बनाउने तरिका, गुणस्तर बिउँ सम्बन्धी कृषकहरूमा ज्ञान उद्पादनमा प्रमाणीकरण लगायत बिषयमा पनि छलफल भएको सहकर्ता ओसिएन संस्थाका ऋषि राम अधिकारीले बताउनुभयो ।

४ दिने समापन तालिममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, प्रमुख प्रशासकीय अधिकुत नवीन कुमार गोले, वडा अध्यक्ष पर्खिधन राई, जी फाउण्डेसन कृषि प्राविधिक ईश्वर कुमार बस्नेत वडा कृषि प्राविधिक, कृषि शाखाका कर्मचारीहरु लगायतको उपस्थितिमा तालिम समापन भएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार