सोलुखुम्बु – कोभिड–१९ विरुद्धको खोप सोलुखुम्बुबाट २७ हजार भन्दा बढीले लगाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा जिल्लाबाट २७ हजार २ सय ९९ जनाले कोभिड विरुद्धको खोप लगाएको हो ।
जसमा सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिकाबाट ८ हजार ७ सय ४ जनाले लगाएका छन् भने थुलुङ दुधकोशी गाउँपालिकाबाट ४ हजार ८ जनाले लगाएका छन् ।
त्यस्तै नेचा सल्यान गाउँपालिकाबाट ३ हजार ९ सय ९७ जना, महाकुलुङ गाउँपालिबाट ३ हजार ७ सय ९८ जना, माप्य दुधकोशी गाउँपालिकाबाट २ हजार ७ सय ७८ जान, सोताङ गाउँपालिबाट १ हजार ९ सय १४ जना, लिखुपिके गाउँपालिकाबाट १ हजार ५ सय जना र खुम्बु पासाङ ल्यामु गाउँपालिकाबाट १ हजार २ सय जनाले कोरोना खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका स्वास्थ्य अधिकृत सौजन सिग्देलले जानकारी दिनुभयो ।