महिला संघ सोलुले नयाँ वर्षको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने

  सुस्मा बस्नेत
1.7k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा नयाँ वर्षको अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०८१ सालको अवसरमा महिला संघ सोलुखुम्बुले खुला  कक्षा ८-१२ स्तरीय छात्रा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको हो ।

संघले  बैशाख ८ गते शनिबारका दिन जिल्ला समन्वय समितिको हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । “समाज रुपान्तरणमा महिलाको भूमिका” शीर्षकमा प्रतियोगिता हुने बताइएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुन चहाने विद्यार्थीहरुले बैशाख ७ गते दिउसो १ बजेसम्ममा नाम दर्ता गराइसक्नुपर्नेछ भने सहभागी विद्यार्थीले आफु अध्ययनरत

 

शैक्षिक संस्थाको परिचय पत्र पेश गर्नुपर्ने कार्यक्रम संयोजक सरिता राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १० हजार, द्धितीयले ७ हजार, तृतीयले ५ हजार र सान्तवनाले २ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सोही कार्यक्रममा महिला संघ सोलुखुम्बुद्धारा प्रकाशित २०८१ सालको  भित्ते पात्रो वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम समेत रहने महिला संघ अध्यक्ष सरला राईले बताउनुभयो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार