नेकपा एमाले सोलुखुम्बुको अधिवेशन सुरु, उपाध्यक्ष बादलले गरे उद्घाटन

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको आठौँ जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशनको आज(शुक्रबार) योङ्ग स्टार क्लवको कर्भडहल दोर्पुमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पुर्वगृहमन्त्री राम बहादुर थापा(बादल)ले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं कोशीका पुर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य एवं संघीय सांसद मानविर राई, प्रदेश सचिवालय सदस्य एवं प्रदेश सासंद बुद्धिकुमार राजभण्डारी, प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पासहित पार्टी सम्बद्ध अन्य जनप्रतिनिधि, जिल्ला स्थित एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको नेकपा एमाले नेचासल्यान गाउँकमिटी अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिनुभयो ।

अधिवेशनको खुल्लासत्र अहिले जारी रहेको छ । पार्टीको जिल्ला कमिटी अध्यक्ष पदमा हालका अध्यक्ष डुफकुमार बास्तोला र उपाध्यक्ष हर्क राईको मुख्य दाबेदारी रहेको एक नेताले बताएका छन् ।

सहमतीमा नेतृत्व छनौट गर्न नेताहरु जोडबल गरिरहेपनि चुनावमा जाने सम्भावना बलियो देखिएको एमाले निकट श्रोतले जनाएको छ ।अधिवेशन भोली शनिबारसम्म चल्ने नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार